सिद्धज्योति शिक्षा क्याम्पसमा दुई दिने बहुविधागत राष्ट्रिय शैक्षिक सम्मेलन समापन

सिन्धुली/ सिन्धुलीको कमलमाई नगरपालिका ५ मा रहेक सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा दुई दिने बहुविधागत राष्ट्रिय शैक्षिक सम्मेलन भव्यताका साथ आज सनिबार एक कार्यक्रम बिच समापन भएको छ ।

दुई दिने बहुविधागत राष्ट्रिय शैक्षिक सम्मेलनमा भिविन्न देश तथा जिल्लाका विश्वविद्यालय, क्याम्पस तथा अनुसन्धान संस्थाबाट प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरू गरी २ सय भन्दा धेरै व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारका क्याम्पस प्रमुख डाक्टर नानीबाबु घिमिरेको अनुसार बहुविधागत राष्ट्रिय शैक्षिक सम्मेलन विभिन्न क्याम्पसमा विद्यालयमा र अनुसन्धानात्मक संघसंस्थाहरुमा कामगरी रहेका अनुसन्धाको निष्कर्षलाई मानिसहरुको माझ उत्पादन गरेको ज्ञानहरुलाई प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरीएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले वर्तमान शैक्षिक चुनौती र नयाँ नौलो शिक्षण पद्धतिबारे अनुभव आदानप्रदान गर्दे सम्मेलनले शैक्षिक अनुसन्धानलाई प्रवद्र्धन गर्न र गुणस्तरीय शिक्षा विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

सिन्धुलीको कमलमाई नगरपालिका ५ मा रहेक सिद्धज्योति शिक्षा क्याम्पसले आयोजना गरेको उक्त दुई दिने कार्यक्रममा मुख्य वक्ताका रुपमा त्रिभुवन विश्वविद्यालयका डीन, व्यवस्थापन संकाय प्रा.डा. महानन्द चालिसे, जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती र राष्ट्रिय योजना आयोग, नेपालका पूर्व सदस्य डा. राम कुमार फुयालको समेत सहभागिता रहेको थियो ।

त्यस्तै क्याम्पसले जिल्लामै पहिलो पटक यस्तो कार्याक्रम आयोजना गरेकामा खुसीलागेको बताउदै आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *