९८ जनाको शंकास्पद क्षयरोग पहिचानका लागि निःशुल्क खकार परीक्षण
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका शंकास्पद क्षयरोग पहिचानका लागि निःशुल्क खकार परीक्षण गरिएको छ ।
कमलामाई नगरपालिकाको अनुसार शंकास्पद क्षयरोग कमलामाई १ मा रहेको डाडीगुराँसे स्वास्थ्य चौकीमा गरीएको हो ।
कमलामाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा सम्भावित लक्षण भएका बिरामीहरूको माइक्रोस्कोपी विधिबाट खकार परीक्षण गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाको अनुसार शंकास्पद क्षयरोग पहिचानका लागि निःशुल्क खकार परीक्षणमा ९८ जना बिरामीहरूको खकार परीक्षण गरीएको छ ।
यस्ले गर्दा समुदायमा क्षयरोगको समयमै पहिचान तथा नियन्त्रणमा अझै धेरै महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको कमलामाई नगरपालिका स्वास्थ्य शाखा सिन्धुलीले जानकारी दिएको छ ।
प्रतिक्रिया



