सिन्धुली अस्पतालमा पहिलोपटक आन्द्राको प्वाल टाल्ने अपरेसन सफल

सिन्धुली/सिन्धुली अस्पतालले पहिलोपटक आन्द्रामा प्वाल परेका बिरामीको सफल अपरेसन गरेको छ ।

अस्पतालका जनरल सर्जरी टिमका डाक्टरद्वय डा. दिन्जुल कटुवाल र डा. विनय चौधरीले ३४ वर्षीय पुरुषको आन्द्रामा देखिएको प्वाल टाल्ने अपरेसन सफल गर्नुभएको हो । अपरेसनमा अनेस्थेसियाका डा. प्रशान्त सिलवालको पनि संलग्न हुनुहुन्थ्यो ।

अस्पतालका जनरल सर्जन डा. कटुवालका अनुसार ‘एक्प्लोरटरी ल्यप्रोटोमी विथ मोडिफाइड ग्राहमस् प्याच रिपेयर’ नामको अपरेसन यहाँ पहिलोपटक सफल भएको हो । यो अपरेसनमा पेट चिरेर बिरामीको अन्द्रामा परेको प्वाललाई टाल्ने काम गरिने उहाँले बताउनुभयो ।

बिरामी पुरुष एक दिनदेखि पेट दुखेर आइतबार दिउँसो सिन्धुली अस्पतालको इमर्जेन्सीमा आउनुभएको थियो । जाँच गर्दा बिरामीको अन्द्रामा प्वाल परेको देखिएको थियो। सोही दिन बिरामीको आपत्कालीन अपरेसन गरिएको अस्पतालले जानकारी दिएको छ ।

भौतिक रुपमा सुविधा सम्पन्न भएपछि सेवा सुविधामा कमजोर होला भन्ने कतिपयको आशंका थियो । सुरुवाती चरणमा केहि कमजोरी भएता पनि सिन्धुली अस्पताल अहिले छिमेकी जिल्लाका बिरामी समेत उपचारका लागि विश्वास गरेर आउने विश्वासयोग्य अस्पताल बनेको छ । विस्तारित सेवा संगै अस्पताल अहिले सिटिस्क्यान सुविधा सहितको उपचार र सेवा प्रवाहमा तल्लिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *