कमलामाई नगरपालिकाले आज २८ औँ स्थापना दिवस मनाउँदै

सिन्धुली/कमलामाई नगरपालिकाले आज आफ्नो २८ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउनेभएको छ । दिवसका अवसरमा आज सबै सेवाहरु बन्द हुने एक सूचना प्रकाशन गर्दै कार्यालयले जानकारी गराएको छ ।
कमलामाई नगरपालिका कार्यालय मातहतका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयहरुको नियमित कामकाज बन्द रहने पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । साथै आकस्मिक सेवा भने सूचारु रहने सूचना मार्फत जानकारी गराइएको छ । । वि.सं. २०५३ चैत्र १४ गते स्थापना भएको कमलामाई नगरपालिकाको आज २८ औँ स्थापना दिवस भव्य रुपमा मनाउने तयारी समेत रहेको छ ।
स्थापना दिवसका अवसरमा कार्यालयले विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । मातहतका कर्मचारीहरुवीच ब्याडमिनटन, भलिवल, चम्चादौड, हाँडी फुटाउने लगायतका खेलकुदका कार्यक्रम कार्यालयले सम्पन्न गरेको छ । त्यस्तै स्थापना दिवसकै अवसरमा हिजो कार्यालयले अस्पताल रोड, खुल्लामन्च र स्टलबजार क्षेत्रको सरसफाई समेत गरेको छ ।