शिद्धस्थली इङलिस बोर्डिङको आज ३२ औँ अभिभावक दिवस तथा छैटौँ दिक्षान्त समारोह सम्पन्न

सिन्धुली/सिन्धुलीको कमलामई नगरपालिका ६ माढी बजारमा रहेको शिद्धस्थली इङलिस बोर्डिङ स्कुलको आज ३२ औँ अभिभावक दिवस तथा छैटौँ दिक्षान्त समारोह आज सम्पन्न भएको छ ।
अभिभावक दिवस तथा छैटौँ दीक्षान्त समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुअ अतिथि तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्यक्रमको अवसरमा विद्यालयलमा अध्यनरत २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ।
त्यस्तै कार्यक्रममा नेपाल आर्मीले विद्यालयमा अध्ययरत भुपु र वाहालवाला आर्मीहरुको ४२ जना छोराछोरीलाई जनही २० हजारका दरले आर्मी छात्रवृत्ति वितरण गदिएको थियो ।
उक्त स्कुलमा हाल १ हजार १ सय ३५ जना विद्यार्थीहरु अध्ययनरत रहेका विद्यालयका प्रिन्सिपल ओम प्रधानले बताउनु भयो ।