तीनपाटन गाउँपालिकामा आइतवारबाट देखि खोरेत रोग विरुद्धको खोप लागाईने
सिन्धुली/पशुसेवा कार्यालय सिन्धुलीको सहयोग तथा तीनपाटन गाउँपालिकाको आयोजनामा जिल्लाको तिनपाटन गाउँपालिकामा पशुहरुलाई खोरेत रोग विरुद्धको खोप लगाईने भएको छ ।
पालिका भित्रका व्यवसायिक पशुपालन फर्म तथा साना किसानहरुले पालन गरेका गाई, भैसी, भेडा, बाख्रा र बङ्गुरहरुलाई खोरेत रोग विरुद्धको खोप लगाउँन लागिएको गाउँपालिकाले एक सूचना प्रकाशन जारी गर्दै जानकारी दिएको छ।
खोरेत रोग विरुद्धको खोप आईतबार र सोमबार वडा नम्बर १, माघ १५ र १६ गते वडा नम्बर २, माघ २० र २१ वडा नम्बर ३, २२ गते वडा नम्बर ४, २३ र २४ गते वडा नम्बर ५ र २५ र २७ गते वडा नम्बर ६ मा खोप अभियान संचालन गरि पशुहरुलाई खोरेत रोग विरुद्धको खोप लगाईने छ । त्यस्तै आउँदो , माघ २८ गते वडा नम्बर ७, २९ गते वडा नम्बर ८, ३० गते वडा नम्बर ९, फागनु १ गते वडा नम्बर १० र २ गते ११ नम्बर वडाका गाई, भैसी, भेडा, बाख्रा र बङ्गुरहरुलाई खोप लगाईने गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाले आफ्नो पशुधनको सुरक्षाका लागी समयमै खोप लगाउँन सूचना मार्फत पशुपालक कृषकलाई अनुरोध समेत गरेको छ । खोप लगाउँदा पशु आवात जावत बढी हुने क्षेत्रलाई बढी प्राथमिकता दिने पालिकाले प्रकाशन दिएको सूचनामा उल्लेख गरिएको छ।