भोटेकोसी बाढीमा बेपत्ता १० जनाको कुशको शव बनाएर सामूहिक दाहसंस्कार
सिन्धुली/भोटेकोसी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका-११ स्थायी ठेगाना भएका १० जनाको बिहीबार सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।
लामो समयसम्म बेपत्ता रहेका उनीहरूको सम्झनामा परिवार तथा आफन्तले धार्मिक विधिअनुसार आज कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।
बाढीमा बेपत्ता भएकाहरूमा राज कुमार श्रेष्ठ, बुद्धी विक्रम थापा, लक्ष्मण सापकोटा, बल बहादुर माझी, सोम बहादुर माझी, भरत माझी, बखत बहादुर खत्री, टंक बहादुर श्रेष्ठ, विष्णु बहादुर श्रेष्ठ र प्रेम कुमार घलान रहेका छन् ।

बाढीमा बेपत्ता भएका उनीहरूको शव फेला नपरेपछि परिवारजनले कुशको प्रतीकात्मक शव बनाएर सामूहिक दाहसंस्कार गरेका हुन् । आफन्त तथा स्थानीयवासीको उपस्थितिमा बिहीबार धार्मिक संस्कार पूरा गर्दै अन्त्येष्टि गरिएको हो ।
प्रतिक्रिया


