-
सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा आज (सोमबार) बाट नौ दिने एकीकृत घुम्ती शिविर सुरु भएको छ । गाउँपालिकाले वर्षमा चारपटक घुम्ती शिविर सञ्चालन गर्ने गरेकोमा आजबाट तेस्रो पटकको शिविर सुरु गरिएको हो ।
News Desk 0 response सोमवार, पुस १, २०८१
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले सोमबार वडा नम्बर १ स्थित सानो जितपुरमा शिविरको उद्घाटन गर्नुभयो । नौ दिनसम्म चल्ने यस शिविरमा सामाजिक सुरक्षाभत्ता वितरण तथा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, पशु उपचार र कृषिसम्बन्धी सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
पालिकाभित्रका आठवटै वडाको टोलटोलमा पुगेर सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वर्षमा चारपटक घुम्ती शिविर सञ्चालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पैकराले बताउनुभयो । टोलटोलमै गाउँपालिकाको सेवा पाउँदा स्थानीय जनताले राहत महसुस गर्नुभएको छ । पहिलो दिन शिविरमार्फत विभिन्न लिनुभएका स्थानीय हर्षित देखिनुभएको थियो ।
शिविरमा सहभागी ज्येष्ठ नागरिकहरुले यो पटक भत्ता किन ढिला वितरण भयो ? भन्ने गुनासो राख्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत पैकराले उक्त गुनासोलाई सम्बोधन गर्नुहुँदै प्रणालीमै केही समस्या भएको कारण ढिलाइ भएको स्पष्ट पार्नुभयो । “हाम्रो पालिकामा मात्रै हैन । देशभरको ६० वटाभन्दा बढी पालिकामा सिस्टममै समस्या भएको कारण भत्ता वितरण ढिलो भएको छ,” उहाँले भन्नुभयो ।
वृद्धावस्थाका नागरिकमा पछिल्लो समय मधुमेह, उच्च रक्तचापजस्ता रोग लाग्ने गरेको पाइन्छ । उहाँहरुलाई टोलमै पुगेर परीक्षण गराउन मेडिकल अधिकृत शिविरमा सहभागी रहेको उहाँले बताउनुभयो ।
यसैगरी कृषकलाई आवश्यक विषादी तथा कृषि औजार वितरणका लागि कृषि शाखा प्रमुख र पशुपालक कृषकहरुलाई आवश्यक औषधी वितरण तथा उपचारका लागि पशु प्राविधिकसमेत शिविरमा खटाइएको प्रमुख प्रशासकीय अधिकृत पैकराले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ्य नागरिक, महिला तथा बालबालिका भौगोलिक कारणले सेवाबाट वञ्चित हुन नपरोस् भनेर टोलटोलमै पुगेर सेवा दिन सुरु गरेको उहाँको भनाइ छ ।
शिविरको पहिलो दिन ७० जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । त्यस्तै ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् भने ३६ जनाले पशु सेवा लिएको पालिकाले जनाएको छ । शिविरबाट २० जनाले कृषि सेवा लिएका छन् ।
वडा नम्बर १ का वडाध्यक्ष जितबहादुर थिङले गाउँपालिकाले प्रदान गरेको सेवामा सहभागी भएर लाभ लिन सम्पूर्ण वडाबासीलाई आग्रह गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
