• असोज १८,सिन्धुली/ सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका – ८ सिस्नेरीमा काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज विहान दुर्घटनामा परेको हो ।

    दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका छन् । माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा परि मोरङको सुन्दरहरैचा नगरपालिका –९ का अनुज सुन्दास, सुन्दरहरैचा –१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका –१९ का सिसम घिमिरे, झापा विर्तामोड नगरपालिका– ५ का समिर तामाङ, सुनसरीको इटहरि उपमहानगरपालिका– ६ की विजया तिमल्सिना, मोरङ लेटाङ नगरपालिका– ६ का गोपाल नेपाली, मोरङ लोटाङ –१ का दिपेश राई घाईते भएका छन ।

    मोरङको मधुमल्ला गाउँपालिका –९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का, पाँचथर याङवरक गाउँपालिका– ४ का विक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्षिन नगरपालिका– १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैंचा नरपालिका– १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका ८ का अतुल कटुवाल र तेह्रथुम छत्रश्रीमा –६ का तिर बहादुर लिम्बु घाईते भएको प्रमुख काफ्लले बताउनुभयो ।

    घाइते सबैलाई सिन्धुली अस्पताल सिन्धुलीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ । माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छ ।उनीहरुलाई अर्को बसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ ।