सिन्धुली–काठमाडौं सम्पर्क समन्वयको अध्यक्षमा तुलाराम श्रेष्ठ सर्वसम्मत
भदौ ५, सिन्धुली/नेकपा माओवादी केन्द्र सिन्धुली –काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौंको तुलाराम श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न छैठौं भेला तथा प्रशिक्षणबाट तुलाराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यमिति गठन गरिएको छ । रिषि गर्तौलाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलाले ५६ सदस्यको नयाँ कार्यसमिति गठन गरिएको हो ।
भेलाले समितिको उपाध्यक्षहरुमा सागर बख्रेल, विवा मग्राती र मनोज मानन्धर चयन गरिएको छ । त्यस्तै समितिको सचिवमा जगत बहादुर श्रेष्ठ, सह-सचिवमा श्याम प्रसाद दाहाद र कोषाध्यक्षमा दिल कुमार माझीलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
सिन्धुलीबाट काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बस्दै आएका विभिन्न व्यक्तिहरु समन्वय समितिमा आवद्ध छन् । समितिले समस्यामा पर्नुभएका जिल्लाका नागरिकलाई सहयोग गर्दै आईरहेको छ ।
पार्टी उपमहासचिव हरिबोल गजुरेल, संघीय सांसद लेखनाथ दाहाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बसन्त माझी, प्रदेश सांसद मातृका भटराई, सुष्पा भुजेल, वाग्मती प्रदेश नेकपा माओवादी केन्द्रका नेतहरु, अध्यक्ष पानीराज बोम्जन स्थानीयतहका अध्यक्ष तथा उपाध्यक्ष र सिन्धुलीबाट विभिन्न व्यवसायमा काठमाडौं बस्दै आउँनु भएका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।