• असोज २, सिन्धुली/सिन्धुलीको मरिण खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार कमलामाई नगरपालिका –२ स्थित मरिण खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा जिल्लाको गोलन्जोर गाउँपालिका –५ घर भई कमलामाई नगरपालिका –६ पानिट्याङ्कीमा डेरामा बस्दै आएका कर्ण बहादुर खपाङ्गीको छोरा १९ बर्षिय लालबहादुर खपाङ्गी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो ।

    आज साँझ ५ बजेको समयमा खपाङ्गी सहित चार जना साथीहरुसँग मरिण खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेका खपाङ्कीको जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी अधिकृत सहितको टोलि र स्थानियहरुले खोजतलास गर्ने क्रममा खोलाको दहमा मृत अवस्थामा शव फेला परेको थियो ।

    मृतकको शव पोस्टमार्टमको लागि सिन्धुली अस्पताल सिन्धुलीमा राखिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।