• भदौ ३०, सिन्धुली/नेकपा माओवादी केन्द्र सिन्धुली– काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा धन बहादुर खड्का चयन हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको भेला तथा प्रशिक्षणले धन बहादुर खड्काको अध्यक्षमा २५ कार्यसमिति सदस्य चयन गरेका हो ।

    समितिको उपाध्यक्षमा सूर्य बहादुर श्रेष्ठ, सचिवमा गोरख आले, सहसचिवमा अञ्जु तामाङ (डिम्दोङ) र कोषाध्यक्षमा प्रमिला बुढाथोकीलाई चयन गरिएको समितिले जनाएको छ । समितिको सदस्यहरूमा उज्जल भुजेल, डेनिस खड्का, केदार कार्की, निरज थापा, कुमार कार्की, धनकुमारी खड्का, पृथ्वी बहादुर थापा, मनोज धिताल, प्रेम बहादुर बुढाथोकी, कुन्छा दोर्जे तामाङ (डिम्दोङ), विष्णु तामाङ (डिम्दोङ) लाई चयन भएका छन् ।

    भेलाले थप ३ जना सदस्य पछि थप्नेगरी समितिलाई पुरन गठन गरिएको हो । बालकृष्ण आचार्यको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीका सहसचिव प्रकाश श्रेष्ठले पार्टी विभाजनबाट सानो बन्दै गएको भन्ने गुनासो आइरहेको बेला उहाँले माओवादी आन्दोलन परिवर्तनको आन्दोलन भएको हुँदा कहिले झकिझकाउ त कहिले सामान्य रुपमा नै अघि बढ्ने गरेको स्पष्ट पार्नुभयो ।

    साथै देश विकासमा हिजो लाग्ने पनि माओवादी र भोलि पनि माओवादी पार्टीनै लागिरहने बताउनुहुँदै कार्यकर्तालाई निरन्तर जनताको हितमा काम गर्ने निर्देशन दिनुभयो । भेला तथा प्रशिक्षण कार्यक्रममा नगरकमिटी सम्पर्क समन्वय समितिका प्रमुख ऋषि राम बर्तौला, नेता राम बहादुर थापा, कमलामाई नगरपालिकाका पार्टी कमिटी इन्चार्ज यम कुमार देवकोटा लगायत विभिन्न कमिटीका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो भनाई राख्नु भएको थियो ।