सिद्धेश्वर खानेपानीको चालु आर्थिक बर्षको आम्दानी र खर्च सार्वजनिक

असार १९,सिन्धुली सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था सिन्धुलीको चालु आर्थिक बर्षको आम्दानी र खर्च सार्वजनिक गरिएको छ । चालु आर्थिक बर्षको आम्दानी १ करोड ८ लाख ७ हजार ८ सय १५ र खर्च १ करोड ७ लाख ९९ हजार ३ सय रुपैयाँ रहेको छ ।

आज (बुधबार ) पत्रकार सम्मेलन गदैँ सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था सिन्धुलीका अध्यक्ष घनश्याम देबकोटाले सँस्थाको आम्दानी र खर्च प्रस्तुत गर्नुभएको थियो ।

जसमा आम्दानी तर्फ पानी महसुल वापत ९३ लाख ९ सय ६ रुपैयाँ, जरिवाना वापत ४ लाख ४१ हजार ८ सय ४५ रुपैयाँ, नामसारी वापत ३२ हजार २ सय ५० रुपैयाँ, ठाउँसारी वापत २ सय रुपैयाँ, कार्ड वापत १ हजार,ई सेवा वापत १० लाख ९९ हजार ६ सय ६० रुपैयाँ, छुट रकम ६८ हजार ५५ रुपैयाँ आम्दानी भएको जनाइएको छ ।

सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था सिन्धुलीले बक्यौता रकम पनि सार्बजनिक गरेको थियो । हाल सम्म बक्यौता रकम ६६ लाख ८० हजार १ सय ६७ रुपैयाँ रहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । जसमा जिल्लाका विभिन्न सरकारी कार्यालयको बक्यौता १८ लाख ५८ हजार ९ सय २० रुपैयाँ, सँघ सँस्थाको बक्यौता रकम ५ लाख ८९ हजार ८५ रुपैयाँ र व्यक्तिगत बक्यौता रकम ४२ लाख ३२ हजार सय ६२ रुपैयाँ रहेको छ ।

बक्यौता रकम तिर्न बाँकि एउटै सरकारी कार्यालयको ५ लाख ९४ हजार भन्दा बढी रहको छ भने सँघसँस्था तर्फ १ लाख ६६ हजार रहेको अध्यक्ष देबकोटाले बताउनुभयो । बक्यौता रकम तिर्न बाँकि सरकारी कार्यालय,सँघसँस्था र व्यक्तिगत सवैले साउनको अन्तिममा महसुल नबुझाएमा धारा काटिने सँस्थाले चेतावनि दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *