• असार १,सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका –३ वडा कमिटीको अध्यक्षमा पुनः कबिन्द्र गोले सर्वसम्मत चयन हुनुभएको छ । ३ नम्बर वडाको आज गोटगाउँमा भएको दास्रो वडा अधिवेशनबाट अध्यक्षमा पुनः गोले सर्वसम्मत चयन हुनुभएको हो ।

    गोलेको अध्यक्षमा ३१ जनाको नयाँ वडा कमिटी चयन छ । उपाध्यक्षमा लाल बहादुर बम्जन,सचिवमा पदम कुमारी स्याङ्तान, उपसचिवमा दुर्गा तामाङ र बिक्रम बस्नेत सहित ३१ जनाको वडा कमिटी सर्वसम्मत चयन भएको तीनपाटन गाउँ कमिटी सदस्य अजय मोक्तानले जानकारी दिनुभयो ।

    नेकपा एमाले ३ नम्बर वडा कमिटीको आयोजनामा भएको दास्रो अधिवशेनलाई सम्बोधन गर्नुहुँदै एमाले तीनपाटन गाउँ कमिटी उपाध्यक्ष गोबिन्द राउतले नयाँ वडा कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले वडामा रहेर सक्रियताका साथ काम गर्नको लागि सम्पुर्णमा अनुरोध समेत गर्नुभएको छ ।

    अधिवेशनमा तीनपाटन गाउँकमिटी सचिव मायानाथ पहाडी,पुर्व गाउँपालिका उपाध्यक्ष पदममाया तामाङको उपस्थिती रहेको थियो ।नेकपा एमाले सिन्धुलीले जिल्लाको ९ वटै पालिकाका वडाको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ ।