• पुस २७, सिन्धुली/श्री नेपाल बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । श्री नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्जय दाहालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
    नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालले आर्थिक मन्दिको समयमा सहकारीबाटै राष्ट्र लाई उक्साउने काम भएको इतिहासमा हेर्दा प्रष्ट उदाहरण भेटिने बताउनु भयो ।
    उहाँले बिचमा हराएको सहकारी एमालेको सरकारले पुन त्यसलाई ब्युताएको समेत बताउनु भयो । हाल नेपाल आर्थिक मन्दिको चपेटाको परेको समयमा सहकारीले उत्कृष्ठ भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।
    सहकारीको महत्व पछिल्लो समय झनै बढेको बताउनुहुँदै दाहालले श्री नेपाल बचत तथा ऋण सहकारीले स्थापना भएको छाटो समयमानै बचतकर्ताको मन जित्न सफल भएको बताउनु भयो ।
    साधारणसभा लाई सम्बोधन गर्नुहुँदै सहकारी म्यानेजर्स क्लब सिन्धुलीका सचिव जिवि श्रेष्ठले सहकारी ऋण लिने थलो मात्रै बनेको गुनासो गर्नुभयो । बचतकर्ताहरुको ऋण लिनको निम्ती सहकारी खाज्ने. तर बचतका लागि बैंक नै प्रयोग गरिने प्रविधिले गर्दा सहकारी संचालनमा समस्या भइरहेको बताउनु भयो । ऋण समयमा नै फिर्ता नहुँदा पनि सहकारीले समस्या झेलिरहेको सुनाउनुभयो ।
    संस्थाका अध्यक्ष सन्जय दाहालले चौथो साधारण सभाको प्रतिवेदन प्रस्तुन गर्नुभएको थियो । उक्त सहकारी २०६९ सालमा दर्ता भएपनि २०७९ सालबाट मात्रै संचालनमा आएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
    विश्वभरी फैलिएको माहामारी कोभिड १९, देशमा फैलिएको आर्थिक मन्दिका कारण सम्पुर्ण अर्थतन्त्रमै मरिरहेको संकटको वावजुत कार्यालय संचालनको पहिलो बर्ष संस्था मुनाफामा गएपनि संस्थाको आनतरिक व्यवस्थापन, कर्जा लगानीमा संकुचन, बाह्य स्रोतको कमी लगायत कारणले यस आर्थिक बर्षमा संस्था नोक्सानीमा गएको दाहालले बताउनु भयो ।
    श्री नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक श्रवण नेवाखड्कीले हाल सहकारीमा २ करोडको कारोबार भइरहेको जानकारी दिनुभयो । उहाँले संस्थाको आय व्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष रमा कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।