ट्राफिक प्रहरीद्धारा चालु आर्थिक बर्षको ३ महिनामा ३६ लाख भन्दा बढि राजस्व संकलन
कार्तिक १५, सिन्धुली/जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक बर्ष २०८०/८१ को ३ महिनामा ३६ लाख भन्दा बढि राजस्व संकलन गरेको छ ।
आ.व.२०८०/८१ को ३ महिनामा ४ हजार ७ सय १६ वटा सवारीसाधन कारबाहिबाट ३६ लाख २ हजार ५ सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साउन महिनामा १ हजार १२ वटा सवारीसाधन कारबाहिबाट सवारीधनी तथा चालकबाट ७ लाख ६५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख यज्ञ बहादुर पालले जानकारी दिनुभयो ।
कार्यालयको तथ्यांक अनुसार १ सय ४० वटा बस कारबाहिमा पर्दा १ लाख २७ हजार, १ सय २५ वटा ट्रक/ट्रिपर कारबाहिमा पर्दा १ लाख २३ हजार, २ सय ४८ वटा जिप कारबाट १ लाख ५४ हजार, ९८ वटा ट्याक्टरबाट ६५ हजार, २ सय ६५ मोटरसाइकल/स्कुटरबाट २ लाख ३ हजार ५ सय र १ सय २५ वटा अटो/टेम्पो कारबहीबाट ९२ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै भदौ महिनामा १ हजार ४ सय सवारी साधन कारबाहिमा पर्दा ११ लाख २३ हजार राजस्व संकलन भएको प्रमुख पालले बताउनु भयो । जसमा १ सय ३० वटा बसबाट १ लाख ३० हजार, १ सय ४३ वटा ट्रक/ट्रिपरबाट १ लाख ४३ हजार, ३ सय ६६ वटा जिप कारबाट १ लाख ८६ हजार, १ सय १० वटा ट्याक्टरबाट १ लाख ७ हजार ५ सय, ५ सय ७२ वटा मोटारसाइकल/स्कुटरबाट ४ लाख २७ हजार र १ सय ६७ वटा टेम्पो/अटोबाट १ लाख २९ हजार ५ सय राजस्व संकलन भएको छ ।
असोज महिनामा सबैभन्दा बढि राजस्व संकलन भएको छ । २ हजार २ सय ५ वटा सवारीसाधनलाई गरिएको कारबाहिबाट १७ लाख १४ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार १ सय ४८ वटा बसबाट १ लाख ४२ हजार, २ सय ४७ वटा ट्रक/ट्रिपरबाट २ लाख ४३ हजार ५ सय, ५ सय ६० वटा जिप कारबाट ३ लाख ४९ हजार ५ सय, १ सय ८८ वटा ट्याक्टरबाट १ लखा ७९ हजार, ६ सय मोटारसाइकल/स्कुटरबाट ४ लाख ९३ हजार र ४ सय २० अटो/टेम्पोबाट ३ लाख ९ हजार ५ सय राजस्व संकलन भएको छ ।
सिन्धुली जिल्ला ठूला राजमार्गहरुसंग जोडिएको जिल्ला भएकाले दुर्घटनालाई न्युनिकरण गर्नको निम्ति तोकिएको मापदण्ड विपरित सवारी साधन सन्चालन गर्ने सवारी चालकहरुलाई कारबाहि गरिएको ट्राफिक प्रमुख यज्ञ बहादुर पालले बताउनुभयो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, ट्राफिक नियम उल्लंघन गर्ने, ओभर स्पिड लगायतका सवारी साधनलाई कारबाही गरिएको पालको भनाई छ ।