कमलामाई नगरपालिकाद्वारा रानीवास स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तानतरण
कार्तिक ३,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले रानीवास स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तानतरण गरेको छ ।
आज कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलले रानिबास स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष तथा १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेलाई “ख” वर्गको एम्बुलेन्सको चाबि हस्तानतरण गर्नुभएको हो ।
नगरपालिकाले वडालाई बिनियोजन गरेको बजेटबाट एम्बुलेन्स खरिद गरिएको हो । सिन्धुली ठुला रागमार्गहरुसँग जोडिएको जिल्ला भएकाले धेरै दुर्घटना हुने गर्दछ त्यसैलै “ख” वर्गको एम्बुलेन्स प्रत्येक वडामा आवश्यक रहेको नगर प्रमुख पोख्रेलले बताउनु भयो ।
विगतमा समयमानै उपचार नपाएर मृत्यु भएका कहाली लाग्दा दुर्घटना पुन नदोहोरिनको निम्ती दुर्घटनामा परी गम्भीर घाइतेहरुलाई समयमा नै एम्बुलेन्समा अत्यावश्यक उपचार गदैँ सम्बन्धित ठाउँ सम्म पु¥याउने उदेश्यका साथ एम्बुलेन्स प्रदान गरिएको उहाँले बताउनु भयो ।
नेपालको निर्देशिकामा “क” वर्गको एम्बुलेन्स रातो रंगको हुनुपर्ने र “ख” वर्गको एम्बुलेन्स पहेलो रंगको हुनुपर्ने व्यवस्था छ । “क”बर्गको एम्बुलेन्समा आइसीयू र भेन्टिलेटरस सहितको सुविधा हुन्छ । “ख” वर्गको एम्बुलेन्समा त्यो भन्दा केही कम तर अत्यावश्यक सुविधाको व्यवस्था मिलाइएको छ ।
उक्त एम्बुलेन्स बाट कमलामाई नगरपालिकाको वडा नम्बर ९,१०,१३ र १४ नम्बर वडाबासी लाभान्भीत हुने वडा अध्यक्ष राजन न्यौपानेले जानकारी दिनुभयो ।