सामाजिक सहिष्णुता कायम गरेर चाडपर्व मनाउन प्रमुख प्रशासकिय अधिकृत दर्जीको आग्रह
कार्तिक १, सिन्धुली/मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले नेपालको विशिष्टता नै बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक रहेकाले एक अर्काको धर्मलाई सम्मान गरेर चाडपर्व मनाउँदै आएको बताउनु भएको छ ।
मरिण गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सांस्कृतिक पर्वहरुहरु जातजाति अनुसार फरक फरक तरिकाले मनाउने भएपनि सम्मान गदैँ आइरहेको र भोलीको दिनमा पनि यस्तै सहिष्णुता सम्मान कायम राख्न आग्रह गर्नुभएको छ । चाडपर्वले अझै धरै एक अर्कामा आत्मियता, सद्भाव र सामाजिक सहिष्णुता कायम गराउने भएकाले चाडपर्वमा सामाजिक आत्मियता खल्बलिने खालका गतिबिधि नगर्न उहाँले आग्रह गर्नुभयो ।
चाडपर्वलाई मध्यनजर गर्दै मरिण गाउँपालिकाले विभिन्न गतिविधिमा रोक लगाएको सूचना जारी गरेकाले सूचनालाई वेवास्ता नगरी सकारात्मक रुपमा लिएर पालना गरिदिन पनि प्रमुख प्रशासकिय अधिकृत दर्जीले आग्रह गर्नुभयाे । नेपाली हिन्दु धर्माबलम्बीहरुको सांस्कृतिक पर्व दशैँ, तिहार लगायतका पर्वहरु आर्थिक मितव्ययीता कायम गरेर मनाउन आग्रह गर्दै दर्जीले शुभकामना समेत व्यक्त गर्नुभएको छ ।