• असोज ८, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले दर्ता भएका निष्कृय सहकारीलाई खारेज गर्ने तयारी गरेको छ । कमलामाई नगरपालिकाको सहकारी शाखाले निष्कृय सहकारीलाई खारेज गर्ने प्रक्रिया अघि सारेको हो ।

    नगरपालिकामा दर्ता भएका तर २०७४ सालबाट मापदण्ड अनुसार प्रक्रियामा नचलेका ३५ वटा सहकारीलाई खारेज गर्ने तयारी भइरहेको कमलामाई नगरपालिका सहकारी शाखाका अधिकृत इन्दिरा थापाले बताउनुभयो । हाल कमलामाई नगरपालिकामा १ सय २४ वटा सहरकारी दर्ता भएको भएपनि ३५ वटा सहकारी निष्कृय रहेको अधिकृत थापाले बताउनुभयो ।

    वडागत तथ्यांक हेर्दा सबैभन्दा बढी कमलामाई नगरपालिकाको वडा नम्बर ६ मा ४४ वटा सरहकारी दर्ता भएका छन् । जसमध्ये ८ वटा निस्कृय छन् । त्यस्तै वडा नम्बर १ मा ७ वटा सहकारी दर्ता भएकोमा एउटा निष्कृय, वडा नम्बर २ मा ६ वटामा २ वटा निष्कृय, वडा नम्बर ३ मा ७ वटामा एउटा निष्कृय छन् भने वडा नम्बर ४ मा १७ वटा सहरकारी रहेकोमा ८ वटा निष्कृय रहेको अधिकृत थापाले जानकारी दिनुभयो ।

    वडा नम्बर ५ मा १२ वटा सहकारीमा ३ वटा निष्कृय, त्यस्तै वडा नम्बर ७ मा ३ वटामा ३ वटै निष्कृय रहेका छन् । वडा नम्बर ८ मा २ वटा सहकारी दर्ता छन् भने वडा नम्बर ९ मा ११ वटा रहेकोमा ५ वटा निष्कृय रहेका छन् । वडा नम्बर १० मा २ वटा दर्ता भएका छन् जसमा एउटा निष्कृय छ । त्यस्तै वडा नम्वर ११ मा ४ वटामा २ वटा निष्कृय छन् । वडा नम्बर १२ मा ६ वटा सहकारी दर्ता छन् भने वडा नम्बर १३ र १४ मा २÷२ वटा सहकारी दर्ता छन् ।

    नेपालको सहरकारीको मापदण्ड अनुसार २ हजार जनसंख्या भए एउटा सहकारी स्थापना गर्न सकिन्छ । सिन्धुलीको कमलामाई नगरपालिकाको जनसंख्या अनुसार ५० वटा मात्रै सहकारी स्थापना गर्नुपर्ने भएपनि १ सय २४ वटा सहकारी रहेको अधिकृत थापाले जानकारी दिनुभयो ।

    कमलामाई नगरपालिकामा सहकारी एकीकरण गर्न आवश्यक रहेको थापाको भनाई छ । बचतकर्ताहरुलाई सहकारी शिक्षा नहुँदा एकै व्यक्ति १० वटा सम्म सहकारीमा सदस्य छन् । नियमअनुसार सहरकारीले प्रक्रिया नपु¥याएको बताउँदै अधिकृत थापाले नगरपालिकाका ७० प्रतिशत सहकारीले मात्रै बार्षिक साधारणसभा गर्ने गरेको बताउनुभयो ।

    नियमअनुसार क्रियाशिल नभएका सहकारीलाई खारेज गर्ने प्रक्रिया भइरहेकोले पुसबाट खारेज गर्न सुरु गरिने थापाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्षमा कमलामाई नगरपालिकाले ८ वटा सहकारीलाई खारेज गरेको थियो । प्रकृया अनुरुप सक्रिय भएर सेवा सुचारु गर्न निष्कृय सहकारीहरुलाई थापाले आग्रह समेत गर्नुभएको छ ।