वडा अध्यक्ष कार्कीलाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको आदेश
साउन २१, सिन्धुली/गोलन्जोर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दौलत विक्रम कार्कीलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनको म्यादको लागि अनुमति दिएको छ ।
वडा अध्यक्ष कार्की विरुद्ध असार १४ गते गोलन्जोर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि अभद्र व्यवहार गरेको उजुरी परेपछि फरार रहेका वडा अध्यक्ष कार्कीद्वारा आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नु भएको थियो ।
वडा अध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेल माथी गाउँसभा स्थलमा हातपात गरेका थिए । लामो समय फरार रहेका कार्कीद्वारा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेपश्चात अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीबी दाहालले जानकारी दिनुभयो ।
वडा अध्यक्ष कार्कीले प्रमुख प्रशासकीय पौडेललाई गाउँसभाबाट नीति तथा कार्यक्रम पास गर्न पालिका अध्यक्षलाई सहयोग गरेको भन्दै सभा स्थलमा नै हातपात गरेका हुन् । आ।व। ०८०÷०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्न तेस्रो पटकको गाउँसभाले पास गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति तथा कार्यक्रम गाउँसभाको तेस्रो बैठकबाट २५ प्रतिशत सदस्यको समर्थनमा पास हुने प्रवधान अनुसार आजको गाउँसभामा छलफल भई रहेको अवस्थामा वडा अध्यक्ष कार्कीले नीति तथा कार्यक्रम पास गराउन गाउँपालिका अध्यक्षलाई सहयोग गरेको भन्दै बाहिर बोलाएर हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको आरोप छ । हातपात गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा समेत क्षती पुगेको थियो ।