मन्त्री श्रेष्ठ सहित सक्रिय जनसहभागितामा कालिमाईथान मन्दिर देखि सिलामे सम्म बृहत सरसफाइ
साउन १३, सिन्धुली/सक्रिय जनसहभागितामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ को कालिमाईथान मन्दिरदेखि सिलामेसम्म सडकको दाँयाँ वायाँ बृहत सरसफाई गरिएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थितीमा कमलामाई नगरपालिका, जिल्ला प्रहरी, ससस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा ३ सय भन्दा बढि जनसहभागितामा बृहत सरसफाई गरिएको हो ।
सडकमा फालिएका विभिन्न फोहोर, पालिष्टका टुक्रा, सडकको दायाँबायाँ नालाका झ्याडि सरसफाई गर्न प्रत्यक घर, बिभिन्न समितिबाट नेतृत्व गरेर सरसफाईमा सहभागिता जनाएका थिए ।
सरसफाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले प्राङ्गारिक मल कारखाना खोल्ने योजना रहेकोे बताउनु भएको छ । अहिले तत्काल एक निर्वाचन क्षेत्रमा एउटा प्राङ्गारिक मल कारखाना स्थापना हुने मन्त्री श्रेष्ठले बताउनु भयो ।
युरिया मलको प्रयोगले माटोको अम्लियपना ह्वात्तै बढिसकेकोले केहि बर्षमै युरिया मलको प्रयोगमा बन्द नभए वातावरण बिग्रने,उत्पादन नहुने जसले गर्दा भोकमरी साथै मरुभूमि हुने खतरा भएको मन्त्री श्रेष्ठको भनाई छ ।
युरिया मल प्रयोगमा घटाएर प्राङ्गारिक मल उत्पादनको निम्ती बागमती प्रदेश सरकार स्वयम् नमागरिक सँग सहकार्य गर्न तयार रहेकोले चालु आर्थिक बर्षमै सिन्धुलीको पालिकाहरुसँग समन्वय गरेर प्राङ्गारिक मल कारखाना स्थापना हुने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाले कारखाना स्थापनाको लागि जमिन उपलब्ध गराइदिन नगर प्रमुख उपेन्द्र पोख्रेल समक्ष आग्रह गनुृभएको छ ।
फोहोर व्यवस्थापनको लागि सिन्धुलीको सिमानामा सवारी साधन प्रवेश गरेपछि सिन्धुली जिल्ला भित्र पर्ने राजमार्गमा फोहोर नफाल्ने सर्तमा मात्रै सवारी छिर्ने व्यवस्था गर्न जिल्ला प्रहरी कार्यलय सिन्धुलीसँग लाई मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको छ ।
बागमती प्रदेश ससकारले चालु आर्थिक बर्षमा चियाबारी खुर्कोट खण्डको ३९ किलोमिटर सडकमा सिसिक्यामेरा जडानको लागि बजेट विनियोजन गरेको बताउनुहुँदै मन्त्री श्रेष्ठले फोहोर फाल्ने सवारी साधनलाई कारबाही गर्न र दुर्घटना लगायतका बिषयलाई सहजता हुने समेत बताउनु भयो ।
त्यस्तै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलले कमलामाई नगरपालिकाई सुन्दर र हरीयाली बनाउन ससरसफाई र बृक्षारोपण अभियाननै सन्चालन भइरहेको बताउनु भयो । नगर प्रमुख पोख्रेलले कालिमाई देखि सिलामे सम्मको सरसफाईमा उत्कृष्ठ जनसहभागिता भएको औँल्याउनु भयो ।
सक्रिय सहभागिताले घर,टोल,गाउँ र नगर सफा राख्नु पर्छ भन्ने प्रेरणा पुगेको अनुभूति भएको नगर प्रमुख पोख्रेलको भनाई छ । भौगोलिग दृष्किोणले अब्बलता रहेको सिन्धुली जिल्लामा वातावरणमा फोहोर फाल्ने र अव्यवस्थित भौतिक संरचना निर्माणले गर्दा मानव सृष्टि नै खतरामा पर्ने स्थिती आउन नदिन नगरको अभियानमा जुट्न उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा सिलामेको बिभिन्न वन उपभोक्ता समिति तथा ठोल सुधार समती लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।