घ्याङलेखका जनप्रतिनिधि तथा कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमानै पढाउनु पर्ने

जेठ १८,सिन्धुली/घ्याङलेख गाउँपालिका सिन्धुलीले पालिका भित्रका सार्बजनिक पदधारण गरका ब्यक्तिहरुको छोरा छोरी अनिवार्य रुपमा सामुदायिक बिद्यालयमा पढाउनुपर्ने निर्णय भएको छ । गाउँकार्यपालिकाको बैठकबाट पालिका भित्रका जनप्रतिनिधि,कर्मचारी र शिक्षकको छोराछारी लाई कक्षा १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय भएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर छ । विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन नसकिएको भन्दै आफ्नै छोराछोरी अध्ययन गरिने बिद्यालयमा ध्यान केन्द्रित हुने भएकाले उक्त निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलालको भनाई छ ।
छोराछोरीको भविष्य प्रति अभिभावन सचेत रहनेभएकाले सामुदायिक बिद्यालयको शैक्षिक सुधार हुने उदेश्य रहेको घलानले बताउनु भयो ।
शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक छ । सरकारी तथ्यांकमै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *