हरिहरपुरगढी गाउँपालिकामा शैक्षिक गुणस्तर बृद्धिका लागि अन्र्तक्रिया

बैशाख १६,सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानिय सरकार,बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष र शिक्षकहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरिहरपुरगढि गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल “राजन”को प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले बर्षभरी गरिने कार्यको बिद्यालयले आफ्नै बार्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने बताउनु भएको छ । दाहालले नेपाल सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्थर सुधारको लागि अरबौँ खर्चिरहेको भएपनि शैक्षिक स्तरमा भनेजस्तो सुधार नभएको गुनासो गर्नुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि स्थानिय सरकारले आफै पाठ्यक्रम बनाउन दाहालले आग्रह गर्नुभएको छ । विद्यार्थी लाई एक सातामा ४ दिन सिकाई र २ दिन क्रियाकलापमा लगाउने नियम लागु गर्न सक्ने पनि उहाँले बताउनु भयो ।
प्रत्यक विद्यालयले २,२ बिघाहा जमिन लिजमा लिएर उत्पादन सँग जोड्दा पनि उत्कृष्ठ रहने दाहालले बताउनु भयो । स्थानिय सरकारको अधिकारलाई कसैले बाधा पु¥याउन नसक्ने बताउनुहुँदै दाहालले शिर्जनशिलताका साथ अधिकारको भरपुरे प्रयोग गरेर शिक्षामा सुधार ल्याउन शिक्षक तथा स्थानिय सरकार प्रमुख लाई अनुरोध गर्नुभयो ।
ज्ञान पुर्णता कहिले पनि प्राप्त गर्न नसक्ने हुनाले ब्रेन लाई सक्रिय रुपमा सन्चालन गर्नुपर्ने बताउनु भयो । शिक्षाबिद् बिद्यानाथ कोइरालाले अन्र्तक्रियाको सहजीकरण गर्नुभएको थियो ।