लागुऔषध खैरो हिरोइन सहित युवक पक्राउ

चैत्र १४, सिन्धुली/लागु औषध सहित सिन्धुलीमा २७ बर्षिय युवक पक्राउ परेका छन् । कमलामाई नगरपालिका ६ चेक पोष्टबाट बिभिन्न लागुऔषध सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका – १८ का रोनाल्ड लिम्बु पक्राउ परेका हुन् ।
चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा धरानबाट काठमान्डौँ तर्फ जादै गरेको बा.५.ख ३५५ नम्बरको यात्रुवाहक हायसमा सवार रोनाल्ड लिम्बुले पर्समा लुकाएर ल्याएको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
लिम्बुको पर्सबाट खैरो हिरोइन २ सय ग्राम, एसपिएम—पिआरएक्स लेखिएको ट्याबलेट १० वटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । लिम्बुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *