अरूको मिथ्या आलोचनामा रमाउने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्छ : दाहाल

चैत्र ६, सिन्धुली/प्रतिनिधि सभा सदस्य लखनाथ दाहाल(राजन) ले आदेश, उपदेश, आफ्नो प्रशंसा र अरूको मिथ्या आलोचनामा रमाउने प्रवृत्तिलाई निरूत्साहित नगरी संसदलाई जिवन्तता दिन नसकिने बताउनु भएको छ ।
प्रतिनिधि सभा सदस्य दाहालले सामाजीक सन्जाल मार्फत अरूको मिथ्या आलोचनामा रमाउने प्रवृत्तिलाई निरूत्साहित नै गरिने प्रतिक्रिया दिनुभएको छ । दाहालले लेख्नुभएको छ “संसदलाई कामको थलो अनि जनताको निम्ति नीति, योजना र कार्यक्रम निर्माण गर्ने र कार्यन्वयनको प्रभावकारी नेतृत्व गर्ने थलोमा रूपान्तरण गर्न सकिन्न ।”
शान्ति, राजनीतिक स्थायित्व, सुशाशन, समृद्धि, सामाजिक न्याय र समाजवादको नेतृत्व त झन गर्नै नसकिने दाहालले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिनुभएको छ । केहि दिन देखि सांसद ज्ञानबहादुर साहिले आफू चर्चामा आउन अरुको मिथ्या आरोप लगानदै आईरहेकोमा दाहालले त्यस्ता मिथ्या आरोप प्रत्यारोप अन्त्य गर्न सामाजिक सञ्जालबाट माग गर्नु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *