• फागुन १३ सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १३ माथिल्लो रानिबासमा जंगली हात्तीको आक्रमणबाट डण्डपाणी पौडेलको मृत्यु पश्चात स्थानीयले अबरुद्ध गराएका मदन भण्डारी राजमार्ग ५ बुद्धे सहमति पछि संन्चालनमा आएको छ ।
    गयराति ३ बजेको समयमा हात्तीले पौडेल सुतिरहेकै ठाउँमा आक्रमण गर्दा ४० बर्षिय पौडेलको मृत्यु भएको छ भने अर्का एकजना स्थानिय घाइते भएका छन् । करिब १० बर्ष भन्दा बढि लामो समय देखि जंगली हात्तीले निरन्तर अन्नबाली र मानबीय क्षति गरिरहँदा पनि सरोकारवाला मौन बसेको भन्दै स्थानीयले बिहान १० बजे बाट मदन भण्डारी राजमार्ग बन्द गरेका थिए ।
    डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, वडा लगायत सरकारी कार्यलय र स्थानीयहरुबीच मृतक परिवारसँग ५ बुदे सहमति पछि अबरुद्ध रहेको राजमार्ग सन्चालनम आएको हो ।
    तीन दिन भित्रमा निकुन्जको बिज्ञ आएर जंगली हात्तीलाई नियन्त्रणमा लिई ब्यबस्थापन गर्नुपर्ने र त्यतिन्जेलसम्म जिल्ला प्रहरी कार्यलय सिन्धुलीबाट स्थानीयको सुरक्षाको व्यवस्था गरिनु पर्ने, मृतकका परिवारलाई एक महिना भित्रमा कानून बमोजिम १० लाख रुपैया उपलब्ध गराइनुपर्ने, मृतकको श्रीमतीलाई मृतककले काम गरिरहेको ठाउँमै काम राखिनुपर्ने, २ दिन भित्रमा वडा नम्बर १३ र १४ को पोलहरुमा सडक बत्ति जडान गरिनुपर्ने, हात्तीबाट क्षति भएका स्थानीयको बालिनालीको निरिक्षण गरी उचित क्षतिपुर्ति दिनुपर्ने स्थानीयको मागको सहमति पछि राजमार्ग सन्चालन भएको वडा नम्बर १४ का वडा अध्यक्ष राजन न्यौपानेले जानकारी दिनुभयो । सहमति पश्चात स्थानीयले मदन भण्डारी राजमार्ग खुलाउनुको साथै मृतकको शब पनि बुजेका छन् ।