कमलामाई नगरपालिकाद्वारा नि:शुल्क लोकसेवा तयारी कक्षा सन्चालन गरिने

फागुन १२, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले यस बर्षको लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को वजेटमा लोकसेवा कक्षा सन्चालन गर्न वजेट विनियोजन गरिए अनुसार कक्षा सन्चालन गर्न लागिएको नगरपालिकाले सुचना निकालेर जानकारी दिलएको छ ।
कमलामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सत्यदेबि अधिकारीद्धारा हस्तारित सूचना अनुसार कमलामाई नगरपालिकाका स्थायी वासीले आवेदन दिन पाउनेछन् । फागुन ११ गते प्रशासित सूचना इच्छुक स्थायी वासिन्दाले सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरिएको छ ।
कक्षा १२ वा वा सो सरह साथै एसइइ वा सो सरह योग्यता पुगेका पालिकाका स्थायी नेपाली नागरिकले आवेदन दिन सकिने छ । उक्त कक्षामा पुरुषको हकमा १८ वर्षदेखि ३५ र महिलाको हकमा ४० वर्ष सम्मकाले अवसर पाउने सुचनामा उल्लेख गरिएको छ । सहायक स्तर पाँचौ वा सो सरहको लोकसेवा तयारी कक्षा सन्चालन गर्न लागिएको कमलामाई नगरपालिकाले जनाएको छ ।