• फागुन १, सिन्धुली/सिन्धुलीमा तामाङ अध्ययन केद्रको उद्धघाटन गरिएको छ । आज तामाङ विध्यार्थीहरुको अध्ययन केन्द्र व्यवस्थापन समितिको आयोजनामा कमलामाई नगरपालिका ६ रातमाटामा तामाङ अध्ययन केद्रको उद्घाटन गरिएको हो ।
    तामाङ विध्यार्थीहरुको अध्ययन केन्द्र व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष विनुका लामाको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति सदस्य एवम सिन्धुली जिल्ला इन्चार्ज सुर्य पाख्रीनको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
    पछिल्लो पुस्ताले आफ्नो भाषा, संस्कृति बिर्सिएको भन्दै सिन्धुलीमा तामाङ विध्यार्थीहरुको अध्ययन केन्द्र स्थापना गरेको हो । भाषा, सस्कृति जोगाइराख्ने मूल उद्देश्यका साथ बिद्यार्थीहरुले सहज तरिकाले बुज्न सक्ने पुस्तकहरु राखिएको छ ।
    अध्ययन केन्द्र स्थापनाको लागि पुस्तक खरिदका लागि अधिवक्ता राम बज्युले दश हजारको चेक अध्ययन केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विनुका लामालाई हस्तान्तरण गर्नु भएको छ ।
    जिल्ला युवा परिषद सिन्धुलीका अध्यक्ष देवराज वाइबा मार्फत रु ५ हजार मुल्य बराबरको अध्यन गर्ने टेबुल, सिन्धुली अस्पताल सुचना अधिकारी राजकुमार गोलेले किताब राख्ने य्राक सहयोग गर्नुभएको अध्यन केन्द्र व्यवस्थापन समिति सिन्धुलीका सचिव अजय दोङले जानकारी दिनुभयो ।