• असोज २८, सिन्धुली/सूर्य लाईफ इन्स्योरेन्स कम्पनीले तीन महिनाको मासिक पढाई खर्च वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले गत श्रावण १४ गते सर्पको टोकाइबाट मृत्यु भएका युवराज श्रेष्ठका छोरी आयुषा श्रेष्ठ र छाेरा आयुष श्रेष्ठलाई पढाई खर्चवापतको रकम भुक्तानी गरेको हो ।
    युवराज श्रेष्ठ माइस्थान पब्लिक एकेडेमी महोत्तरीका प्रधानाध्यापक हुनु हुन्थ्यो । स्वर्गीय श्रेष्ठले छोरी आयुषा र छोरा आयुषको बाल सावधिक विमा गर्नुभएको थियो । स्वगीय श्रेष्ठले आयुषाको ५ लाखको र आयुषको १ लाखको विमा गर्नुभएको थियो । तीन महिनाको पाढाइ खर्च वापतको चेक सूर्य लाईफ इन्स्योरेन्स सिन्धुलीका शाखा प्रबन्धक विष्णु ढकाल, बरिष्ठ एजेन्सी म्यानेजर ऋषि राज ढकाल र कृष्ण प्रसाद दाहालले संयुक्त हस्तान्तरण गर्नुभएको थियो ।
    बाल सावधिक विमामा संरक्षकको मृत्यु भएमा विमित बालबालिका १६ वर्ष नपुग्दा सम्म विमाङ्क रकमको १ प्रतिशत मासिक पढाई खर्च र किस्ता वापतको रकम कम्पनीले भुक्तानी गर्ने सूर्य लाईफ इन्स्योरेन्स सिन्धुलीका शाखा प्रबन्धक ढकालले वताउनु भयो ।
    आयुष श्रेष्ठको ४ वर्ष सम्म मासिक एक हजारका दरले र आयुषाको ९ वर्ष सम्म मासिक पाँच हजारका दरले पढाइ खर्च भुक्तानी हुने शाखा प्रबन्धक ढकालले वताउनुभयो । आयुषाको ३ किस्ता र आयुषको ९ किस्ता भुक्तानी भएको थियो । विमा अवधि पूरा भएपछि विमाङ्क रकम र बोनस एकमुष्ठ विमितले भुक्तानी पाउने शाखा प्रबन्धक ढकाल जानकारी दिनुभयो ।
    विमित आयुष र आयुषाको पढाई खर्चको चेक बुझ्दै स्वर्गीय युवराज श्रेष्ठको श्रीमती सविना श्रेष्ठले “घरमूली गुमाउँदा आम्दानीको स्रोत बन्द भयो । आम्दानीको स्रोत नहुँदा बाल बच्चा के गरी पढाउने ? बाल बच्चाको भविष्य नै डामाडोल हुने भयो भन्ने चिन्ता थियो । उहाँले यस सूर्य लाईफ इन्स्योरेन्समा बाल सावधिक विमा गरिदिनु भएको थियो । कम्सेकम छोरा छोरीको वढाइ खर्चको लागि तनाव कम भयो ।” आयुष र आयुषा शिद्धस्थली अंग्रेजी आवसीय माध्यमिक विद्यालय सिन्धुलीमा अध्ययनरत छन् ।
    चेक हस्तान्तरण कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर ऋषिराज ढकालले “थोपा थोपा मिलेर सागर बन्छ भने झै थोरै मात्र विमा गर्दा पनि भोलिको भविष्यको लागि ठूलो काम लाग्छ, त्यसैले सबैले विमा गर्न जरुरी छ” भन्नुभयो । कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर कृष्ण प्रसाद दाहालले भन्नुभयो “विमा प्रत्यक व्यक्तिले गर्नु आवशयक छ, किनकी यसले अप्ठ्यारो अवस्थामा सहयोग पुर्याउन सहयोग गर्छ । मान्छे कतिखेर दुर्घटनामा परिन्छ भन्ने थाहा हुँदैन, मान्छेको मृत्युमा पनि मृत्यु नहुँदा पनि विमाबाट केहि आर्थिक लाभ हुन्छ । त्यसकारणले हरेक व्यक्तिले आफ्नो आर्थिक अवस्थालाई सहज बनाउन सोच्न आवश्यक छ ।”