-
क्षितिज श्रेष्ठ नेकपा (माओवादी केन्द्र), सिन्धुली जिल्ला प्रति र आम जनसमुदायमा, पढ्ने कष्ट गरिदिनुहोला ।
News Desk 0 response सोमवार, अशोज २४, २०७९
म राजनीतिमा सँधै स्वस्थ र स्वच्छ विचार राख्छु र त्यहि धार मन पराउंछु पनि। यो विचार प्रस्तुत गरिरहँदा, मलाई स्वार्थीको आरोप नलगाईयोस। यदि स्वार्थी हुँदो हुँ त, यतिबेलासम्म अकुत स्वार्थ (स्वार्थ नै भने) कमाई सकेको हुने थिएँ। किनकी राजनीतिक परिवारमा हुर्किएको म, विभिन्न नेतासंग नजिकको चिनजान थियो र अहिले पनि छ, जो मुलुकको सर्बोच्च पदमा पुगिसकेका छन्। नभए इतिहाँस केलाएर हेर्दा हुन्छ।
हिजो सिन्धुली जिल्ला, माओवादी केन्द्रका उम्मेदवार तय नहुँदा भनौ वा टिकट वितरण नहुँदासम्म भनौ, जजसले जे जे विचार राखे, पोखे, त्यो भुल्ने बेला हो। सबै मिलेर अव निधो भैसकेका, गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा चुनाब लडेका उम्मेदवार जिताउनुको विकल्प छैन। यदि जनयुद्धको प्राप्त उपलब्धिको रक्षा सहित समाजवादको वाटोमा अगाडी बढ्ने हो भने जिताउनुको विकल्प छैन। सिन्धुली जिल्लावाट राजन दाहाल, गङ्गानारायण श्रेष्ठ र मातृका भट्टराई, तिनै जनाले जित्न आवश्यक छ। यो भयो भने मात्र त्यी प्राप्त उपलब्धिको रक्षा साथै समाजवाद तर्फ उन्मुख हुन सकिन्छ। नत्र जताततै तगारो मात्र आउँछ। यो सिन्धुली जिल्लामा मात्र नभई समग्र देशमा आवश्यक छ, गठबन्धनका उम्मेदवारलाई विजय गराउनुको विकल्प छैन।
राजन दाहाल, गंगानारायण श्रेष्ठ अनि मातृका भट्टराई, तिनै जनाको योजनाको समिश्रणले सिन्धुलीले मुहार फेर्ला आशा गरौँ। रह्यो कुरा हरिबोल गजुरेलको, यो वेला उहाँले नेतृत्व हस्तान्तरनको सिद्धान्त अपनाउनु पर्ने थियो, त्यो देखिएन तर पनि उहाँ माओवादी जनयुद्ध मात्र नभई समग्र नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर, इतिहाँस र सांक्षी हुनुहुन्छ। यसको पार्टीले उच्च मुल्यांकन गर्दै उहाँलाई उचित सम्मान गर्ला भन्ने आशा छ र गर्छ पनि। हामी जो कोहिले उहाँलाई कम्जोर आंकलन नगरौं र टिप्पणी नि गर्न उचित मान्दिन म।
यो त्यस्तो समय हो, हरिबोल गजुरेल, राजन दाहाल अनि गंगानारायण श्रेष्ठ मिल्नुको विकल्प छैन। म त अझै भन्छु विप्लव तिर अनि बैद्य तिर लाग्नु भएका सबै मिल्नुस (बाबुरामका त सबै मिल्ने कुरो छँदै छ)। राजनीतिमा कोहि कसैको प्रधान शत्रु हुन्नन्, मनन गरौँ। यो वेला नेता सहित, कार्यकर्ता अनि मतदाता पनि जुटेर माओवादीलाई जिताउने बेला हो, यसको विकल्प छैन। हरिबोल गजुरेलको उच्च मुल्यांकन र सम्मान सहित, राजन दाहाल, गंगानारायण श्रेष्ठ र मातृका भट्टराई तिनै जनाले जित्नै पर्छ, जिताउने हाम्रो अभिभारा नै हो।
र एउटा सुझाव, हुन म फुच्चेको सुझाव तपाईं नेता गणले के सुन्नु होला र तर पनि राखें। तपाईंहरुले जिते पछि, तपाईंका आसेपासे, भरौटे, ढोंगी, नजिकका आफन्त, नातागोता समग्रमा अवसरवादीले जित्नु हुन्न, यो कदापी स्वीकार्य छैन। त्यी तमाम सहिद परिवार र तिनका सपनाले जित्नु पर्छ। बेपत्ता योद्धाका सन्तति, घाइते अपाङ्ग कार्यकर्ता, जनयुद्धमा अमुल्य योगदान गरेका कार्यकर्ता सबैले जित्नु पर्छ। तपाईंले जनयुद्धको बेला समय बिताएका झुपडी सहित त्याँहा रहनु हुने, तमाम बा-आमा, दिदि बहिनि, दाजुभाइले जित्नु पर्छ। तपाईंलाई माया गर्दा गर्दै खान र लाउनको समस्याले विदेश पलायन भएका अनि बेरोजगार त्यी तमाम तपाईंका प्यारा कार्यकर्ताले जित्नु पर्छ। समग्रमा नेपाल आमाले जित्नु पर्छ। सारा नेपालीले जित्नु पर्छ। तपाईंहरुका पाइला नलर्खरिउन, निरन्तर अगाडी बढोस्। शुभेक्षा सहित नमस्कार।
जय देश, जय नेपाली…. क्षितिज श्रेष्ठको फेसबुकबाट

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८०
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०