• असोज ४, दुधौली/मानव तथा राष्ट्रिय विकाश समाज (ह्याण्डस नेपाल) सिन्धुलीको आज २० औं साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । सोमवार दुधौली नगरपालिकाको सभाहलमा सम्पन्न ७ औं अधिवेशनबाट पूनः बासु अधिकारी दनुवार अध्यक्षमा सर्वसहमत निर्वाचित हुनु भएको छ ।
    अधिवेशनले पुरानै कार्यसमितिको काम गर्ने शैलि र व्यवस्थापनको प्रशंसा गर्दै कार्यसमितिलाई यथावत राख्ने निर्णय गरेको संस्थाका सचिव लाल बहादुर कार्कीले जानकारी दिनु भयो । दुधौली नगरपलिकाकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारको प्रमुख अतिथिमा भएको २० औ साधारण सभामा संस्था तर्फबाट सचिव लालबहादुर कार्की (रामकुमार)ले आर्थिक प्रतिवेदन तथा संगाठानीक प्रतिबेदन पेस गर्नु भएको थियो ।
    संस्थाले आ.ब. ०७८÷०८० मा १३ करोड २७ लाख ६९ अजार २ सय ५९ रुपैया बरावरको बिभिन्न परियोजनाहरु सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आगामी बर्षको लागि १० करोड ६६ लाख ८२ हजार ७ सय १३ रुपैयाको कार्यक्रम गर्ने लक्ष्य लिईएको संस्थाका सचिव कार्कीले जानकारी दिनुभयो ।