• भाद्र २५, सिन्धुली/माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) (साविक उमावि शिक्षकहरुको छाता संगठन)को पाँचौ जिल्ला अधिवेशन सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । जिल्ला अधिवेशनबाट धनबहादुर थापाको अध्यक्षतामा १७ सदसीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको छ ।
    अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गोपाल पहाडी, महिला उपाध्यक्षमा मन्दिरा बराल, उपाध्यक्षमा ललित थापा सचिव विमल श्रेष्ठ कोषाध्यक्षमा तिर्थराज कोईराला र सह–सचिवमा संतोष थापा सर्वसहमत निर्वाचित हुनुभएको छ । अधिवेशनले सदस्यहरुमा दिपेन्द्र बस्नेत, रोशन खड्का, श्यामबहादुर रमौली, हरिचन्द्र खहाल, तेजप्रसाद खनाल, हरिबहादुर खड्का, महेश सापकोटा र गोपाल बहादुर श्रेष्ठ सर्वसहमत चयन हुनु भएको छ ।
    हिस्टुन जिल्ला कार्यसमिति अध्यक्ष सन्तोष बोहोराको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीको उपप्रमुख शान्ता कार्कीको प्रमुख आथित्यतामा भएको अधिवेशन उद्घाटन कार्यक्रम भएको थियो ।