• मंसिर ११, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुलीले नौओटै स्थानीय तहमा सर्वसहमत नेतृत्व चयन गरेको छ । देशै भर एकै साथ आज भएको पालिका अधिवेशन अन्तर्गत सिन्धुलीको पनि नौ ओटै स्थानीय तहमा अधिवेशन भएको हो ।
    सबै स्थानीय तहको अधिवेशनले सर्वसमत पालिका संगठन समिति गठन गरेको हो । कमलामाई नगरपाकिला शेरबहादुर कार्कीको अध्यक्षतामा ६५ सदसीय नगर कमिटि गठन भएको नगर इन्चार्ज यमकुमार देवकोटाले जानकारी दिनुभयो । नगर कमिटिको अन्यपदाधिकारी कमिटि सदस्यहरुबाट नै पछि छनौट गर्ने गरी नगर अधिवेशन सम्पन्न भएको नगर इन्चर्जा देवकोटाले जानकारी दिनुभयो ।
    नेकपा माओवादी केन्द्र स्थायि समिति सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको प्रमुख आथित्यमा नगर अधिवशेन उघाटन भएकाे थियो । त्यस्तै दुधौली नगरपालिकामा दिपक खड्काको अध्यक्षतामा नगर कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजन दहालको प्रमुख आथित्यतामा भएको सम्मेललने खड्काको नेतृत्वमा ७५ सदसीय समिति गठन गरेको हो ।
    तीनपाटन गाउँपालिकाकाको प्रथम अधिवेशन शुक्रवार नै सम्पन्न भएको थियो । अधिवेशनले आनन्द कार्कीको अध्यक्षतामा ५५ सदसीय समिति गठन गरेको थियो । आज भएको सुनकोशी गाउँपालिकाको प्रथम अधिवेशनले दुधराज पुलामीको अध्यक्षतामा ५५ सदसीय समिति गठन गरेको छ । त्यस्तै गोलञ्जोर गाउँपालिकाकामा केपि पाख्रेल र मरिण गाउँपालिकामा गोपाल बुढाथोकीको अध्यक्षतामा समिति गठन भएको छ ।
    त्यस्तै हरिहरपुरगढी गाउपाकिलामा कार्साङ लामा, घ्याङलेख गाउपालिकामा शंखरमान घलान र फिक्कल गाउँपालिकामा लोकेन्द्र कार्कीको अध्यक्षतामा ५५/५५ सदसीय समिति गठन भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका संगठन विभाग प्रमुख गणेश रत्नले जानकारी दिनुभयो ।
    नेकपा माओवादी केन्द्रले पालिकाकालाई कार्यकारि र जिल्लालाई समन्वयकारी वनाएसँगै पालिका अधिवेशनलाई निक्कै महत्वका साथ हेरिरहेको छ ।