-
नेपाली काँग्रेस सिन्धुलीको प्रदेशसभा क्षेत्रीय अधिवेशनको ३ स्थानमा निर्वाचन भई रहेको छ । सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ र निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा निर्वाचन भई रहेको निर्वाचन अधिकृत लिखतबहादुर खड्काले जानकारी दिनुभयो ।
News Desk 0 response शुक्रबार, मंसिर ३, २०७८
निर्वाचन क्षेत्र नं. २ ‘क’ मा निर्वाचन स्थगीत भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो । सर्वसमत नभएका पदहरुका लागि निर्वाचन भई रहेको निर्वाचन अधिकृत खड्काले जनकारी दिनुभयो ।
चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट बन्ने कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि दुई सयको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि गरी चारवटामा एक सय ८ जना चयन गर्नेछ ।
निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा ३५२ ‘ख’ मा ३२२ र निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा ३७९ र ‘ख’ मा ३५८ गरी एक हजार पाँच यस बाह्र क्षेत्रीय प्रतिनिधिले प्रदेशसभा क्षेत्रीय अधिवेशनको निर्वाचनमा सहभागी भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८