• सिन्धुली,१९ भदौ
    नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा हरिहरपुरगढी गाउँपालिका कार्यपालिका निर्वाचित जनप्रतिनिधि सन्तली राई सहित ८ जना जनप्रतिनिधि एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको छ ।
    एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेमा हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्षकमलकुमार राई, एमालेबाट निर्वाचित वडा नं. २ का वडा सदस्य दुर्गा बहादुर राई, ज्ञानेन्द्र राई वडा नं. ८ का निर्वाचित वडा सदस्य जंगबहादुर माझी रहेका छन् । त्यस्तै नेकपा एमालेबाट स्थानीय तहकको निर्वाचनमा वडा नं. ७ मा वडा अध्यक्ष उमेद्वार रहेका मोहनबहादुर रखाल, एमाले हरिहरपुरगढी गाउँ कमिटि सदस्य पेमा ध्वज लामा र वडा नं. ८ वडा कमिटि सदस्य रत्नबहादुर अस्थानी मगर एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।
    शनिवार सिन्धुलीमाढीमा एक औपचारी कार्यक्रमका विच नेकपा (माओवादी केन्द्र) स्थायि कमिटि सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले अविर लगाएर स्वागत गर्नु भएको थियो । नबप्रवेशीलाई स्वागत गर्दै नेता गजुरेलले पूर्वप्रधानमन्त्री केपि शर्मा वलीले जनताको संघर्षबाट प्राप्त संविधान नै मास्ने कार्य भएकोले निरन्तर वलीवादको विरुद्धमा संघर्ष गर्नु परेको वताउनुभयो । “जनताको लामो संघर्षबाट प्राप्त धर्मनिरपक्षेता, संघीयता, समानुपातिक सहभागितालाई सिध्याएर संविधान नै मास्ने कार्य भएकालेले वलीवादका विरुद्ध निरन्तर संघर्ष गर्नु परेको छ, जनताबाट नै विद्रोह भई रहेको छ।” गजुरेलले भन्नुभयो ।
    पार्टी प्रवेश पश्चात सुन्तली राईले कम्युनिष्ट पार्टी भनेर निरन्तर एमालेलाई मायाँ गरे पनि एमालेले जनताको भावना माथि खेलवाड गरेकोले जनताको काम गर्न जनताको पार्टी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य राजन दाहालले एमाले हरिहरपुरगढीका खम्बहरु माओवादी केन्द्रमा प्रवेश गरेकोले हरिहरपुरगढी माओवादीमय भएको र सिन्धुलीका सबै स्थानीय तहमा सबै पार्टीबाट विद्रोह गरेर माओवादीमा प्रवेश गर्न तयार रहेका वताउनुभयो ।