• असार ९, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालय भवन निर्माणका लागि सहयोगको अपिल गरिएको पहिलो दिन नै ५ लाख भन्दा वढी रकमको घोषणा भई सकेको छ ।

    माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले आज नै आफ्नो फेसबुक मार्फत सहयोगको अपिल गर्नु भएको थियो । जिल्ला पार्टीले पार्टी कार्यालय भवन निर्माणको योजना ल्याएकोमा कार्यकर्ता शुभचिन्तक उत्साहित हुँदै सहयोग रकम सामाजिक संजाल मार्फत नै सार्बजनिक गरिरहेको छ ।

    आज मात्र ५ लाख ११ हजार ४ सय ५५ रूपैयाँ सहयोगको लागि घोषणा गरि सकेका छन् । १० हजार देखि १ लाख ५१ हजार सम्म सहयोग घोषणा गरेका छन् । सहयोगका लाागि सन्तोष दाहालले १ लाख ५१ हजार, पवन कटुवालले १ लाख ५ हजार रूपया दिने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल मार्फत नै गणेश श्रेष्ठले ५० हजार, प्रख्यात मोक्तानले ३० हजार, राजेन्द्र दाहालले २५ हजार, कृष्ण दााहालले २० हजार, अविरल मगर र उज्ज्वल तामाङले १५ हजार ५ सय/ १५ हजार ५ सय, नवराज कार्कीले १५ हजार, निर्मला श्रेष्ठले १४ हजार ४ सय ५५ सहयोगको घोषणा गरेका छन् । त्यस्तै रमेश काफ्ले, सागर पौडेल, विनोद श्रेष्ठ, देवकुमार श्रेष्ठ, दिपेश तामाङ, नारायणदेव श्रेष्ठ र सुनिल वाईवाले १०/१० हजार सहयोगको घोषणा गरेका छन् ।