• सिन्धुली, ३ चैत्र /सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ करङडाडामा बोलेरो दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका वडा नं. ७ को बासकटेरी जाने क्रममा बा १७ च १११७ नम्बरको बलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नं. ७ बासकटेरी बस्ने वर्ष ६५ को रुद्रबहादुर थापा, वर्ष १८ की रिता एस्नाली, वर्ष १९ की दुर्गा श्रेष्ठ, र श्रेष्ठको छोरा वर्ष २ को मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एस्पी आभुषण तिमल्सीनाले जानकारी दिनुभयो ।
    दुर्घटनामा सवारी चालक सहित ८ जना घाईते भएका छन् । घाइते हुनेमा बलेरो चालक बासकटेरी बस्ने भोजविक्रम थापा, शान्तीमाया थिङ, कविता श्रेष्ठ, सुनमाया थिङ, सुकुमाया पुलामी, रेमन पुलामी र विनिता श्रेष्ठ रहेका छन् ।