• सिन्धुली/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ सिन्धुलीले राष्ट्रिय पुस्तक दिवस एवम् सरस्वती पूजाको अवसरमा शैलशिखर अनाथालयका बालबालिकालाई स्टेशनरी तथा वाध्यवादन सामाग्रि वितरण गरको छ ।
    स्टेशनरी सामाग्रि वितरण नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ सिन्धुलीका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता तथा केन्द्रिय सदस्य मेनुवका तिमल्सीनाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा १४ दर्जन कपि, कलम तथा एक थान मादल वितरण गरेको थियो ।
    स्टेशनरी सामाग्रि वितरण कार्यक्रम सञ्चालन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ सिन्धुलीका सचिव दिपक तिमल्सीनाले गर्नुभएको थियो । “समग्र राष्ट्र शिक्षितर सभ्य बनौं, राष्ट्रिय पुस्तक दिवस भव्य रुपमा मनाऔं” भन्ने मुल नाराका पुस्तक दिवस मनाएको छ ।