• सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीको तेश्रो पूर्ण वैंठक जिल्ला अध्यक्ष लेखनाथ दाहाल राजनको अध्यक्षता भएको छ । पार्टी विभाजन पछि नेकपा सिन्धुलीको तेश्रो वैठक आईतवार सम्पन्न भएको हो ।
    नेकपा स्थायि समिति सदस्य हरिबोल गजुरले प्रमुख अथित्यता तथा केन्द्रिय सदस्य गणेश पहाडी, कमलजंग राईको विशेष अथित्यतामा वैंठक सम्पन्न भएको हो । मौजुदा जिल्ला कमिटि सदस्य मध्य करिब ७० प्रतिशत प्रचण्ड नेपालको पक्षमा जिल्ला कमिटि बैंठकमा सहभागि भएका छन् । जिल्ला कमिटी १४५ जना सदस्य मध्ये लेखनाथ दाहालले नेतृत्व गरेको नेकपाको वैठकका ९९ जना सहभागी भएको पार्टी स्कुल विभाग प्रमुख ज्वालप्रसाद न्यौपाने पुकार ले जानकारी दिनु भयो । आजको वैकमा कुल सदस्यको करिव दुई तिहाई सदस्यहरु सहभागी भएको न्यौपानेले वताउनुभयो ।
    बैठकले माघ ११ गते जिल्ला कार्यालय टिमले गरेको निर्णय सदर गरेको छ । माघ ११ गते बसेको कार्यालय टिमले केहि जिम्मेवारी हेरफेर गर्द दुधौली नगर कमिटिको अध्यक्ष तारानिधि पोख्रेल, तीनपाटन गाउँकमिटिको अध्यक्षमा रामप्रसाद गौतम, सुनकोशी गाउँकमिटि अध्यक्षमा दुधराजपुलामी र सचिवमा चन्द्र स्याङ्वालाई चयन गरेको थियो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको कडारुपमा प्रतिवाद गर्ने र २८ गते काठमाण्डौंमा हुने विरोध सभालाई भब्य वनाउने निर्णय गरेको नेता न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै वैठकले माघ मसान्त सम्ममा पार्टीको वडा भेलाहरु सम्पन्न गर्ने र फाल्गुण १५ सम्ममा जनवर्गीय संगठनको भेला सम्पन्न गर्ने निर्णय गरेको नेता न्यौपानेले जानकारी दिनुभयो ।
    जिल्लामा वली पक्ष कम्जोर
    हाल सम्म ओली पक्षमा जिल्ला कमिटि सदस्य ३५ जना मात्र खुलेका छन् । दुवै समुहमा नखुलेका जिल्ला कमिटि सदस्य ११ जना रहेका छन् भने ओली पक्षको जिल्लामा कम्जोर देखिन्छ ।
    वली पक्षले पौष २७ गते जिल्ला कमिटिको विस्तारित वैंठकले जिल्ला अध्यक्ष दाहाललाई कार्वाही गरी सचिव प्रदिव कटुवाललाई अध्यक्षमा मनोनित गरेको थियो । वैठकले १ सय ४५ सदस्य जिल्ला कमिटिलाई वढाएर ५ सय ५१ सदसीय जिल्ला कमिटि वनाएको थियो । निर्वाचन आयोगले अहिले विधान संसोधन, सदस्य थप घटलाई अस्वीकार गरेसँगै विस्तारित जिल्ला कमिटि पनि अवैध भएको छ । जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य मध्य पनि दुई जना ओली पक्षमा छन् भने ४ जना प्रचण्ड नेपाल पक्षमा रहेका छन् ।