• सिन्धुली/प्रेस काउन्सिल नेपालले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार–२०७७ बाट युवा पत्रकार गिरिजा अधिकारी सम्मानित भएका छन् । तु खबर डटकमका सम्पादक अधिकारीलाई काउन्सिलले मंगलबार एक कार्यक्रमकावीच नगद १५ हजार सहित सम्मान गरेको छ ।
    ५१ औं वार्षिकउत्सबको अवसरमा प्रेस काउन्सिलले आयोजना गरेको कार्यक्रममा युवा पत्रकार अधिकारीलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पुरस्कार हस्तान्तरण गर्नुभएको हो । विगत दुई दशक देखि पत्रकारीता क्षेत्रमा संलग्न अधिकारी युवा पत्रकारहरुमाझ रुचाइएका व्यक्ति हुन् ।
    पत्रकारीता क्षेत्रमा पैसा कमाउन भन्दा पनि नागरिकहरुलाई खवर तथा सूचनाको माध्यमबाट जागरुक गराउनु आफ्नो उद्देश्य रहेको अधिकारीको भनाइ छ । अरु पत्रकारहरुले के गरे भन्दा पनि हरेक पत्रकारले आफूले गर्न कर्ममा विश्वास राख्नुपर्ने भन्दै अधिकारीले पत्रकारीताको धर्म आफूले नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।