• सिन्धुली/सिन्धुली जिल्लामा शुक्रबार थप नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । केहि दिन अघि जिल्ला स्वास्थ्य कार्यालयबाट २४५ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि हटौंडा र सुनकोशी गाउँपालिकाबाट ४७ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि धुलिखेल पठाईएको थियो ।
    जसमध्य हेटौंडाबाट ८ जना र धुलिखेलबाट १ जनाको कोरोना पोजेटिभ रिर्पोट आएको जिल्ला जनस्वास्थथ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयबाट पठाएको स्वाव मध्य १७७ जनको रिर्पोट आउन बाँकी नै रहेको समेत जनस्वास्थ्य प्रमुख शाहले जानकारी दिनुभाये ।
    कमलामाई नगरपालिका– ६ का ५६, ३४ र २८ बर्षीय पुरुष, वडा नं. ७ का १३, २६, ३० र ३३, बर्षीय पुरुष, हरिहरपुरगढी गाँउपालिकाका ३१ बर्षिय पुरुष र सुनकोसी गाँउपालिकाका ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख शाहले जानकारी दिनुभयो ।
    संक्रक्रमित नौ जना नयाँ बिरामी मध्ये पाँच जनाले जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा नै र अर्का एक जनाले होमक्वारेन्टाईनमा नै बसेर उपचार गर्ने बताएका छन् । बाँकी तीन जनालाई भने एपोलो अस्पतालको आईसोलेसनमा भर्ना गरी उपचार गरिने जनाएको छ ।
    हाल एपोलो अस्पतालमा १६ जना, सिन्धुली अस्पतालमा एक जना गरी १७ जना बिरामीको उपचार भई रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुलीमा भेटिएका कोरोना संक्रमित चार जना नेपाली सेनालाई भने बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा उपचार भई रहेको र धुलीखेल अस्पतालमा एक जनाको उपचार भई रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनु भयो । सिन्धुली जिल्लामा अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।