-
सिन्धुली/आयुर्वेदीक औषधि हामीले घरमै प्रयोग गरिरहेका छौँ । केहि समय अघिसम्म यसका प्रयोगकर्ताहरु निकै न्युन थिए तर पछिल्लो समयको तथ्यांक हेर्ने हो भने आयुर्वेदीक औषधि प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ ।
News Desk 0 response मङ्लबार, साउन २०, २०७७
आफूले दैनिक रुपमा घरमै प्रयोग गर्दै आइरहेका जडीबुटीहरु पनि महत्वपूर्ण आयुर्वेदीक औषधि हुन् भन्ने थाहा पाएपछि आयुर्वेदीक जडीबुटीहरुको प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । त्यसो त कोरोना रोगको महामारी विश्वव्यापी रुपमा फैलिरहेको वर्तमान अवस्थामा आयुर्वेदीक औषधि सेवनकर्ताहरु थपिँदैगएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार अहिले आयुर्वेद स्वास्थ्य केन्दमा औषधि लिन जानेहरुको संख्या पनि बढिरहेको छ । सरकारले घोषणा गरेको बन्दाबन्दी भन्दा अगाडीसम्म दैनिक ६० जना भन्दा बढिले संस्थाबाट सेवा लिनेगर्थे तर बन्दाबन्दी भएपछि त्यो संख्या घटेको छ ।
कार्यालयबाट सेवा लिनेहरुको संख्या घटे पनि सँस्थाले जिल्लामा भएका सबै क्वारेन्टिनमा पुगेर सेवा प्रवाह गरिरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका सूचना अधिकारी दिपकराज तिमल्सिनाका अनुसार बन्दाबन्दीका समयमा सँस्थाले जिल्लाका हरेक क्वारेन्टिनमा गएर आयुर्वेद तथा योग शिक्षा परामर्श प्रदान गरेको छ । क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई कोरोना रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न अश्वगन्धा, तुलसी चिया, गुडुची चुर्ण लगायतका औषधि वितरण तथा तनाव व्यवस्थापनमा सहयोग गर्न योग शिक्षा कार्यक्रम सन्चालन गरिएको कार्यालयका सूचना अधिकारी तिमल्सिनाले बताउनुभयो ।
तिमल्सिनाले भन्नुभयो ‘एलोपेथिकमा जस्तो धेरैतिर धाउनुपर्ने, लाइन बस्नुपर्ने, रोग अनुसारका चिकित्सक भेट्न समय लिनुपर्ने झन्झट आयुर्वेदिक स्वास्थ्य केन्द्रमा नभएका कारण पनि अहिले आयुर्वेदीक उपचारप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको हो ।’ केन्द्रले अहिले दैनिक बिरामी चेकजाँच, पन्चकर्म तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दैआइरहेको छ । विगतका वर्षहरुमा भन्दा अहिले आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिएका सेवा सुविधामा निकै सुधार हुँदै आएको सेवाग्राहीहरुले नै बताएका छन् । ‘हामीले प्रदान गर्ने सेवामा निकै सुधार भएको छ, सेवाग्राहीलाई परामर्श तथा औषधि पनि समयमै उपलव्ध गराइन्छ र बिना झन्झट सेवा प्रवाहमा स्वास्थ्य केन्द्र निरन्तर लागिरहेको छ’ सूचना अधिकारी तिमल्सिनाले भन्नुभयो ।’ रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने जडीबुटीजन्य औषधि आयुर्वेदीक स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने र प्रभावकारी पनि देखिएकाले यो सेवाप्रति जनचासो बढ्दै गएको वहाँको भनाई छ ।
आयुर्वेदीक औषधिप्रति सेवाग्राहीको चाहाना बढ्दै गएपनि जिल्लाका सबै स्थानिय तहमा आयुर्वेदीक स्वास्थ्य संस्था भने छैनन् । यहाँका अझै ५ वटा स्थानिय तहमा आयुर्वेद अस्पताल छैन । कमलामाई नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकामा मात्रै आयुर्वेद औषधालय छन् । अरु बाँकी ५ वटामा हालसम्म आयुर्वेद औषधालय खुल्न सकेका छैनन् । स्थानीय तहले पनि अहिलेसम्म कुनै व्यवस्था गर्न सकेका छैनन् । राज्यको पुनःसंरचनासँगै अन्यौलता अझै कायम रहेका कारण पनि यसको व्यवस्थापनमा ढिलाई भएको हुनसक्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
