कोरोना संक्रमितको संख्या ३२३५ पुग्यो, मृतकको संख्या १३

सिन्धुली/ कोरोना भाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिवार एकै दिन ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणबाट हाल सम्म १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । शनिवार संक्रमणका कारण कैलाली र डोल्पामा एक(एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज(सुर्खेत(जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *