-
एजेन्सी
News Desk 0 response शुक्रबार, जेष्ठ २३, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् । मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् । –एएनआई
![](https://sindhulikhabar.com/wp-content/uploads/2023/06/ee7385fc-9238-4314-9c15-fc92c70b1ea3.gif)
सम्बन्धित शीर्षकहरु
-
सिन्धुली प्रशासनले राहदानी सिफारिसबाट उठायो ४ करोड..
शुक्रबार, साउन ११, २०८१ -
करदाता सेवा कार्यालय सिन्धुलीले लक्ष्यको ८२ प्रतिशत..
बिहिबार, साउन १०, २०८१ -
सिन्धुलीमा पहिलोपटक दुर्बिनबाट पत्थरीको सफल शल्यक्रिया
मङ्लबार, साउन ८, २०८१ -
गोलन्जोरमा अटो पल्टिदा एकको मृत्यु , सात..
शुक्रबार, साउन ४, २०८१ -
सिन्धुलीको वनबाट गत आवमा १ करोड ६१..
शुक्रबार, साउन ४, २०८१
-
सिन्धुली प्रशासनले राहदानी सिफारिसबाट उठायो ४ करोड..
शुक्रबार, साउन ११, २०८१ -
करदाता सेवा कार्यालय सिन्धुलीले लक्ष्यको ८२ प्रतिशत..
बिहिबार, साउन १०, २०८१ -
सिन्धुलीमा पहिलोपटक दुर्बिनबाट पत्थरीको सफल शल्यक्रिया
मङ्लबार, साउन ८, २०८१ -
गोलन्जोरमा अटो पल्टिदा एकको मृत्यु , सात..
शुक्रबार, साउन ४, २०८१ -
सिन्धुलीको वनबाट गत आवमा १ करोड ६१..
शुक्रबार, साउन ४, २०८१
-
सिन्धुलीमा पहिलोपटक दुर्बिनबाट पत्थरीको सफल शल्यक्रिया
मङ्लबार, साउन ८, २०८१ -
गोलन्जोरमा अटो पल्टिदा एकको मृत्यु , सात..
शुक्रबार, साउन ४, २०८१ -
मालपोत कार्यालय सिन्धुलीबाट ११ करोड भन्दा बढी..
बिहिबार, साउन ३, २०८१ -
इन्सेक सिन्धुलीले सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रोम..
बिहिबार, साउन ३, २०८१ -
सिन्धुलीको वनबाट गत आवमा १ करोड ६१..
शुक्रबार, साउन ४, २०८१