• सिन्धुली, १७ जेष्ठ । शनिवार मात्र १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगको छ ।
    पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा तीब्रता आएको छ । भारतबाट नेपाली नागरिक नेपाल भित्रने क्रम बढेसंगै संक्रमितको संख्या पनि बढेको हो ।
    पछिल्लो पटक दैलेख,सिराहा, रौतहट, सर्लाही, कपिलवस्तु,सप्तरी,दाङ लगाएका जिल्लाहरुमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २१९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराउनु भएको छ । त्यसैगरी ६ जनाको मृत्यु समेत भैसकेको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार प्रदेश नं. १ मा १६० जना, २ मा ५४७ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २० जना, ५ नं. प्रदेशमा ५४७ जना कर्णाली प्रदेशमा ६१ जना र सुदुरपश्चिम प्रदेशमा २१ जना कोरोना संक्रमित रहेका छन् ।