• सिन्धुली, ११ जेष्ठ । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विधेयकलाई असफल बनाउन नेपाली कांग्रेसका केही सीमित नेताहरूका साथै राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र समाजवादी पार्टीका नेताहरू सक्रिय भएका छन् ।

    भारतीय राजदूतावास लैनचौरको उक्साहटमा कांग्रेसका उपसभापति विलेन्द्र निधि, प्रा।पुरुषोत्तम दाहालले केही दिन अगाडि विज्ञप्ति जारी गरेर अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नक्साको घुमाउरो भाषामा विरोध जनाएका थिए । उनीहरूले नक्सा जारी भएको विषयलाई नाटक मञ्चनको संज्ञा दिएका थिए ।

    उनीहरूले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरिएकोमा सरकारको आलोचना गर्दै राष्ट्रवादको भनेर टिप्पणी गरेका थिए ।

    मधेस केन्द्रित दल राजपा र समाजवादी दलका नेताहरूले खुलेरै भारतको समर्थन जनाउँदै आएका छन् । समाजवादी पार्टीकी सांसद समेत रहेकी नेतृ सरिता गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेकोमा गम्भीर भुल भएको भन्दै भारतको समर्थन जनाएकी थिइन् ।

    राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झासहितकाले भारतलाई सजिलो हुने गरेर गतिविधि गर्दै आएका छन् ।

    समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र डा।बाबुराम भट्टराईले पनि भारतकै पक्षमै झुकाब राखेको भनेर आलोचना भइरहेको छ । डा।भट्टराईले भारतका पक्षमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ ।

    शनिबार मधेस केन्द्रित दलका नेताहरूले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन प्याकेजमा गर्नुपर्ने भनेर बखेडा शुरु गरेका छन् ।

    लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेपछि सरकारले गर्न खोजेको संविधान संशोधन असफल पार्ने रणनीतिमा भारतीय दूतावास लागेको आरोप छ ।

    भारतीय खुफिया एजेन्सी ‘रअ’का अधिकारी लिम्पियाधुरासहितको नक्सा समेटिएपछि गर्न लागेको संविधान संशोधन हुन नदिन भगिरथ प्रयत्नमा जुटेका छन् ।

    त्यसका लागि भारतीय राजदूतावासले राजपा र समाजवादी पार्टीलाई संविधान संशोधनको पुरानो मुद्दा ब्यूँताउनुपर्ने माग गर्न लगाएको छ ।

    जसपाले लिम्पियाधुरासहितको नक्सा समेटेर संविधान संशोधन गर्दा प्याकेजमा गर्नुपर्ने माग अगाडि सारेको छ । मधेशवादी दलले विगतमा राखेको संविधान संशोधनको विषय जनताले चुनावबाटै अस्वीकृत गरिसकेका छन् ।

    नेपाली भू–भाग समेटिएको नक्सा र निशान छापका लागि गर्न लागिएको संविधान संशोधन असफल पार्ने खेलमा भारतीय दूतावासको इशारामा मधेस केन्द्रित दलका नेता र कांग्रेसका केही नेताहरू लागेका छन् ।

    जेठ १३ मा लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप फेर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत हुँदैछ । त्यो प्रस्ताव दुई तिहाईले पारित हुनुपर्छ । त्यो प्रस्ताव पारित हुन नदिने चलखेलमा भारतीय दूताबासले सम्पूर्ण शक्ति परिचालन गरेको छ ।

    मधेस केन्द्रित दलका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शरतसिंह भण्डारी, राजेन्द्र महतो र महेन्द्र राय यादवहरूले शनिबार कांग्रेस सभापति देउवालाई भेटेर संविधान संशोधनमा विनासर्त सरकारलाई साथ नदिन आग्रह गरेका छन् ।

    राष्ट्रियताको सवालमा संविधान संशोधनमा साथ नदिंदा बेहोर्नुपर्ने क्षतिका कारण कांग्रेस संविधान संशोधनमा सरकारलाई साथ दिन बाध्य हुनुपर्ने अवस्था छ ।

    कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतीय राजदूतावासकै इच्छामा पार्टीको नीति प्रशिक्षण विभागबाट नक्सा जारी गर्नुलाई नाटक मञ्चनको संज्ञा दिंदै सरकारबिरुद्ध विज्ञप्ति निकालेका छन् । निधि चीनसँग पनि वार्ता गर्नुपर्ने बेतुकको कुरा उठाएका छन् । निधिलाई प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा।पुरुषोत्तम दाहालले जोडदार रुपमा साथ दिँदै आएका छन् ।

    उता, भारतीय राजदूतावासले बुधबार सरिता गिरीलाई बोलाएको थियो । सोही दिन कांग्रेसका उपसभापति विमलेन्द्र निधि पनि भारतीय राजदूतावास पुगेको उच्च स्रोतले जनाएको छ ।
    शुक्रबार जसपाका नेता महेन्द्र राय यादव र नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई भेटेका थिए ।