• सिन्धुली, १० जेष्ठ ।
    कोरोना संक्रमित एकै दिन ६८ जना थपिएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले विहान सर्वाजनिक गरेको संख्या ३२ थियो भने वेलु्का थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।
    विहान सर्वाजनिक भएको रिपोर्टमा सर्लाहीका १३, कपिलबुस्तका ८, रुपन्देहीका ८, बाराका १, काठमाण्डौंका १ र चितवनका १ गरी जम्मा ३२ जना संक्रमित रहेको थियो।
    मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।