एक दिवसीय “अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम“समापन

सिन्धुली/सिन्धुलीमाढीमा जिल्ला तहमा रहेका जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीका इन्चार्जहरूसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एक दिवसीय “अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम“ गरीएको छ ।

बैदेशिक रोजगारी सम्बन्धी एक दिवसीय “अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम कमलामाई नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गरीएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनका लागि प्रहरी प्रशासन र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।

नगर उप–प्रमुख श्री मन्जु देवकोटा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता निमा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह,प्रहरी नायव उपरीक्षक ,सामाजिक विकास शाखा प्रमुख लगायत विभिन्न प्रहरी निकायका प्रमुख तथा प्रतिनिधिहरू, सामी कार्यक्रमका जिल्ला संयोजक तथा कर्मचारीहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *