मरिणमा ३ महिने सिलाई कटाई तालिको समापन

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा ३ महिने सिलाई कटाई तालिको समापन भएको छ ।

३ महिने तालिमको आज बुधवार पालिकाले एक कार्यक्रमको आयोजना गर्दै समापन गरेको हो ।

तालिम २०८२ को चैत महिनाको १ गते बाट सरु गरीएको थियो । जस्मा पालिकाका १० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

सिलाई र कटाई सम्बन्धी सीप विकास गर्न र पालिकामै स्वरोजगारको अवसर सिर्जना गर्न ३ महिने तालिमको आयोजना गरीएको पालिकाले जानकारी दिएको छ ।

तालिम सामुदायिक सिकाइ केन्द्र तथा मरिण गाउँपालिकाको सहयोगमा सञ्चालन गरीएको मरिण गाउँपालिकाले जानकारी दिएको छ ।

कल्पवृक्ष सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष गुण बहादुर बम्जनको अध्यक्षतामा तथा गाउँपालिकाका पालिका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यता भएको समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडा अध्यक्ष जित बहादुर कालतान लगाएतको उपस्थिती रहेको थियो ।

सिन्धुलीको मरिण गाउँपालिकाले यस्ता प्रकारको धेरै तालिमहरुको समय समयमा आयोजना गर्दे आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *