सिन्धुलीमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित प्रीपा होटल अगाडि भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक बिजय श्रेष्ठको अनुसार कमलामाई नगरपालिका १२ तिन्तलेका ३० बर्षीय मनिष माझीको ज्यान गएको हो ।

उहाँको अनुसार दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका–१२ तिन्तले निवासी ३० वर्षीय मनिष माझी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि सिन्धुली अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा साँझ करिब ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार आज दिउँसो साढे ३ बजेको समयमा माझिटारबाट ढुग्रेबास तर्फ जादै गरेकोे ज १ त ९०३५ नम्बरको काठ लोड गरिएको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ६९२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक श्रेष्ठको अनुसार दुर्घटनापछि ट्र्याक्टर चालक कमलामाई नगरपालिका–५ मधुटार निवासी ४२ वर्षीय लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *